
फाल्गुन ०३ गते शिवनगर , रौतहट
नेपाल फुल माली समाजको रौतहट जिल्ला अधिबेशन शिवनगरमा सम्पन्न भएको छ।
“शिक्षित बनौं, संगठित बनौं, आफ्नो पहिचान कायम गरौं” भन्ने मूल नाराका साथ नेपाल फूल माली समाज रौतहटको संयोजक मोहन प्रसाद मालीको अध्यक्षता सम्पन्न भेलाबाट मोहन प्रसाद मालीको अध्यक्षता १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।
मोहन भगत मालिको अध्यक्षतामा कार्यक्रम सञ्चालक माली समाजका पूर्व प्रहरी निरीक्षक प्रदीप भगत माली थियो भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल फुल माली समाजको संस्थापक अध्यक्ष सागर माली, बिशिष्ठ अतिथीहरुमा इलाका प्रहरी कार्यालय गरुड़ाका प्रहरी नायब उपरीक्षक डी एस पी राजन कार्की, उधोग बाणिज्य संघ जनकपुरधाम, धनुषाको अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल फूलमाली समाजका महासचिव जयराम भगत माली, पर्सा जिल्ला प्रतिनिधि रामेश्वर माली, नवलपरासी जिल्ला प्रतिनिधि राम औतार माली, बारा जिल्ला अध्यक्ष धर्मराज भगत माली लगाएत कार्यसमिति गण, बारा जिल्ला युवा समाजको अध्यक्ष बिनोद भगत माली लगाएत कार्यासमित गण, तेज बहादुर भगत माली, सुभाष माली, अतिथि व्यवसायी तथा समाजसेवी युवा नेता होटल एनपी स्टारका सञ्चालक पारस भण्डारी लगाएत रौतहट जिल्लाका माली अगुवा, बुद्धिजिबी, समाजसेवी, राजनीति कर्मी कार्यकर्ता तथा सर्वसाधारणहरु लगायत सञ्चारकर्मीहरुको सहभागी रहेको थियो ।
उक्त कार्यक्रममा नव गठित जिल्ला कार्य समितिको अध्यक्षमा मोहन भगत माली, उपाध्यक्षमा रामविश्वाश माली, महिला उपाध्यक्ष गुड़ी देवी, सचिव प्रदीप भगत माली, सह.सचिव लाल बाबू भगत माली, कोषाध्यक्ष उमेश भगत माली, सदस्य भरत बहादुर माली, बैधनाथ भगत माली, रामबाबू भगत, हरिचन्द्र भगत, विश्वनाथ भगत, हरि नारायण भगत र बाबूलाल भगत गरि १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। समितिको वरिष्ठ सल्लाहकरमा रविन्द्र भगत माली, भरत भगत, शिवशंकर भगत माली, कामोद भगत, राम सागर भगत र रामकिशुन भगतलाई चयन गरिएको छन।
नव गठित जिल्ला कार्य समिति रौतहटका सम्पूर्ण पदाधिकारीहरु लगायत सदस्यगणमा वक्ताहरुद्वारा हार्दिक बधाई सहित अग्रिम कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ।
प्रमुख अतिथि नेपाल फुल माली समाजको संस्थापक अध्यक्ष सागर मालीले सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा माली जातिको महत्वपूर्ण योगदान रहेको छ भने प्रमुख अतिथी मालीले जानकारी गराए। मालि जातिको बसोबास तराई मधेशको जिल्लाहरुमा रहेको छ भने नेपाल भरी छरिएको,सीप र कला कौशलताले भरिपूर्ण जातिका पुरुष तथा महिलाहरुले पुष्प खेती गर्नुका साथै पुष्प व्यवसाय गर्नेगरेकाछौ भने प्रमुख अतिथी मालिले जानकारी गराए।
सांस्कृतिक एवम् परम्परागत चित्रकलामा हामीहरु कागजको झाँप ईत्यादीमा कुचीको माध्यमबाट उतार्न सिपालु छौ माली जानकारी गराए।
फूल यस्तो बनस्पति हो जून हरेक कार्यमा काम लाग्ने गर्दछ, पूजापाठ, धर्म संस्कृति, विभिन्न कार्यक्रम लगायत विभिन्न शुभ कार्य तथा मानिस जन्म लिने बेला देखी जीवनको अन्तिम क्षण मृत्युको बेला पनि फूलले स्वागत गर्ने भएको हुँदा संसारमा फूलको निकै नै महत्व रहेको कार्यक्रममा वक्ताहरुले व्याख्या गरेका छन। पौराणविक कालदेखि फूलको मालिक माली समुदाय भएकोले आजको युगसम्म पनि फूल सम्बन्धी विभिन्न कार्यहरु माली समुदायले नै गर्दै आइरहेकोले अब उपरान्त यस फूलको कारोबारलाई व्यवसायिक रुपमा अगाडी बढाउनमा वक्ताहरुद्वारा जोड़ दिइएको छ।
हालको अवस्थामा विभिन्न समुदायका व्यक्तिहरुले व्यवसायिक रुपमा फूलको खेती देखी लिएर बेच बिखन तथा विभिन्न क्षेत्रमा सजावटका कार्यहरु गर्दै पेशागत आम्दानी गरिरहेको जिकिर गरिएको हो। फुलका मालिक भनिने फूल मालि समाजका व्यक्तिहरुले यसलाई अवसरको रुपमा लिएर फूलको विभिन्न कार्यहरुलाई व्यवसायिक रुपमा अगाडी बढाएर आआफ्नो अर्थ व्यवस्था मजबूत बनाउन विभिन्न वक्ताहरुले जोड़ दिइएको छन।