बन्नसकेन्न पार्टि एकीकृत समाजवादी पार्टी

एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीका नेताहरुले भविष्यमा आफ्नो पार्टीले वाम आन्दोलनकै नेतृत्व गर्ने सार्वजनिक घोषणाा गरिरहे पनि नतिजा र गतिविधि उल्टो देखिन्छ ।
३१ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०, नेपाल फुटेपछि आत्तिएको नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरुसँग एकताबद्ध रहने प्रतिबद्धता गरेको छ । जसपा फुटेको भोलिपल्टै, २४ वैशाखमा अध्यक्ष माधवकुमार नेपालले संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक राखेर सांसदहरुलाई विभाजनको विपक्षमा उभिने प्रतिबद्धता गराएका हुन् ।
सांसदहरुलाई प्रतिबद्धता गराएपछि एकीकृत समाजवादीले पार्टी नफुट्ने निष्कर्ष सार्वजनिक गरेको थियो । ‘‘संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दछ’, प्रमुख सचेतक मेटमणि चौधरीले २४ वैशाखमा जारी गरेको बक्तव्यमा भनिएको छ ।
तर पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालले तीन दिनभित्रै अन्तरविरोध कायमै रहेको सन्देश जाने गरी छुट्टै वक्तव्य जारी गरे । २६ वैशाखमा खनालले वक्तव्यमा जारी गरी वर्तमान सत्ता समीकरणकै निरन्तरता भएर वाम ध्रुवीकरण र एकतासम्म जानुपर्ने अभिमतबाट आतंकित भएकाहरुले पार्टी विभाजनको सुनियोजित प्रचार उल्लेख गरेका छन् ।

‘‘देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधीहरु पहिचान गर्दैछ, क्रान्ति र सिद्धान्तहरुलाई परिस्कृत र परिमार्जित गर्दैछ । क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ’ बक्तव्यमा खनालले लेखेका छन्, ‘त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षडयन्त्रकारी तत्वहरु आतंकित भएका छन् ।’

त्यही बक्तव्य मार्फत् उनले पार्टीका १० मध्ये ६ सांसद आफ्नो पक्षमा रहेको सन्देश पनि सार्वजनिक गरे ।
‘‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदैछन् भन्ने हल्ला बडो तीव्र रुपले फैलाइएको छ’, वक्तव्यमा भनिएको छ ।

जबकी सांसद संख्या तोकेर एकीकृत समाजवादी विभाजन हुने हल्ला भएकै थिएन । तर एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन र वाम एकतालाई पृष्ठभूमिमा राख्दै खनालले सांसद संख्या समेत खुलाए । कांग्रेसको विपक्षी कित्तामा उभिनुपर्ने, वाम एकतासम्म पुग्नुपर्ने र ६ सांसद आफ्नो पक्षमा रहेको सन्देश खनालले सार्वजनिक गर्नुको अर्थ अध्यक्ष नेपालमाथि दबाव बढाउनु रहेको प्रष्ट हुन्छ ।
किनकी वर्तमान सत्ता समीकरणप्रति असन्तुष्ट माधव नेपाल कांग्रेससँगै सहकार्य गर्नुपर्ने पक्षमा छन् । अशोक राईले ७ जना संघीय सांसदसहित २३ वैशाखमा जसपा नफुटाउँदासम्म अध्यक्ष नेपालले खुलेरै वर्तमान सत्ता समीकरणप्रति असन्तोष जनाइरहेका छन् । कतिसम्म भने ‘आफू प्रधानमन्त्री हुने कुराले धेरैलाई पोल्न’ थालेको टिप्पणी उनले सार्वजनिक रुपमै गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर