
गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी
काठमाडौं । सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ ।
गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुग्नुभएका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेका हुन् ।
गौरापर्वको सन्दर्भमा अतिथि बन्न पुग्नुभएका ओलीविरुद्ध दर्शकदीर्घाबाट स्वागतको सट्टा अपमानको वर्षा भएपछि आयोजकले पनि चित्त दुखाएका थिए ।