एमालेका भण्डारी बझाङमा दोब्बर मतले अगाडि
१६ वैशाख, Rahul Bhandari, सर्लाही।
बझाङ जिल्लाको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।

भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ पाएका छन् ।
निवार्चन आयोगका अनुसार तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुणाले ४ सय ६१ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३ सय ६९ मत पाएका छन् । राप्रपाका किशोर खड्काले १८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर