सुनसरी ।
ईटहरी उपमहानगरपालिका-४ स्थित द प्रिन्ट्स ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्रामसहित ट्याटु हाउसका संचालक सोही उपमहानरपालिका-४ डम्फु चोक बस्ने धनकुटा छथर गाउँपालिका घर भएका मनिष लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले ट्याटु हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
ADVERTISEMENT