शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरबाट एराइभलतिर जाँदै थिए । वाक थ्रू (एक्स–रे) गेट पास गरेका आएका उनलाई ड्यूटीमा खटिएका प्रहरी जवानले शरीर खानतलासी लिन खोजे, मेटल डिटेक्टरले जाँच्न खोजे ।
मोक्तानले आफू अध्यागमन अधिकृत भएको र ‘केही अघि मात्रै चेक भएको’ बताए । अनि आफ्नो सामान लिएर निस्किन खोजे ।
विमानस्थलका एसएसपी दिप शमशेर राणाका अनुसार, प्रहरीले जाँच्न खोजेपछि अध्यागमन अधिकृत मोक्तानले अपशब्द बोल्दै दुर्व्यवहार गरे ।
त्यसक्रममा अध्यागमन अधिकृत र प्रहरी जवानबीच भनाभन र धकेलाधकेल भयो । त्यहीबेला त्यहाँ खटिएका असई आइपुगे ।
भन्दै मोक्तानले विमानस्थल अध्यागमन कार्यालयलाई जानकारी गराए । त्यसपछि प्रमुख अध्यागमन अधिकृत गोगन हमाल क्लोज सर्किट (सीसी) क्यामराको फुटेज हेर्न प्रहरी कहाँ पुगे ।
फुटेजमा फुटेजमा असईले अध्यागमन अधिकृतलाई कुटेको देखेपछि हमालले भने, ‘प्रहरीले अत्ति नै गरेछ नि !’
अध्यागमनका अधिकृतहरुका अनुसार त्यति भन्नासाथ प्रहरी जवान फेरि प्रतिवाद गर्दै हातपात गर्न अघि सरे । त्यसक्रममा हमाललाई पनि उनले लात्ता हानेको अध्यागमनका अधिकृतहरु बताउँछन् ।
‘बर्दीमा भएको व्यक्ति अनुशासित हुनुपर्थ्यो, त्यहाँ गल्ती भयो । तर प्रहरीलाई पनि अपशब्द बोल्दै धकेलेपछि घटना भएको हो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् एक अधिकृतले भने, ‘हाम्रा सई सा’बको पनि गालामा चोट लागेको रहेछ ।’