बारा जिल्लामा नेपाल फुल माली समाजको अधिवेशन सम्पन्न ।
माघ १२ कलैया, बारा,
नेपाल फुल माली समाजको बारा जिल्ला अधिबेशन कलैयामा सम्पन्न भएकोछ।

नेपाल फुल माली समाजको अधिबेशन कलैया वडा न.६ स्थित बाख्रा बजारमा शिक्षित बनौ, संगठित हौं, संघर्ष गरौं, आफ्नो पहिचान कायम गरौ मुल नाराका साथ सम्पन्न भएकोछ।
नेपाल फुल माली समाजका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सागर मालीले सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा माली जातिको महत्वपूर्ण योगदान रहेको छ भने प्रमुख अतिथी मालीले जानकारी गराए। मालि जातिको बसोबास तराई मधेशको जिल्लाहरुमा रहेको छ भने नेपाल भरी छरिएको,सीप र कला कौशलताले भरिपूर्ण जातिका पुरुष तथा महिलाहरुले पुष्प खेती गर्नुका साथै पुष्प व्यवसाय गर्नेगरेकाछौ भने प्रमुख अतिथी मालिले जानकारी गराए।

सांस्कृतिक एवम् परम्परागत चित्रकलामा हामीहरु कागजको झाँप ईत्यादीमा कुचीको माध्यमबाट उतार्न सिपालु छौ माली जानकारी गराए।

हामिहरुले कोइढला (पानीमा उम्रने एक प्रकारको झार) समेत प्रयोग गरी विभिन्न आकारको कागजको झाँप तयार गर्दछौ । उक्त कागजको झाँपमा विभिन्न रङ्ग भरेर हाती, हातीमा चढेको माउते, घोडा, सुगा, मैना, गरुड, फूल, घर आदिको चित्र बनाउने गर्दछौ । विना कुनै प्रशिक्षण परम्परागत कला कौसलता हस्तान्तरण हुँदै आएको छ भने प्रमुख अतिथी माली जानकारी गराए।
मठ, मन्दिर, डिहबार थान, मूर्तीघर, गोसाइँ घर, गहबर ईत्यादिमा झाँप चढाईन्छ।जन्म अष्टमी, विजयादशमी र तिहारमा बनाएको झाँप तथा फूलको व्यापार अत्यधिक हुने गर्दछ तर त्यसको बजार पाएको अवस्था छैन भने प्रमुख अतिथी माली जानकारी गराए।

तेज बहादुर मालिको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथीहरु उधोग बाणिज्य संघ जनकपुरधाम, धनुषाको अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल फूलमाली समाजका केन्द्रिय महासचिव जयराम भगत माली, सर्लाही जिल्ला प्रतिनिधि विश्वनाथ भण्डारी, रौतहट जिल्ला प्रतिनिधि मोहन भगत माली, युवा समिति संयोजक राहुल भण्डारी, बाबुनाथ भण्डारी लगाएत बारा जिल्लाका बुद्धिजिबी, समाजसेवी, राजनीति कर्मी स्वजातीहरुको सहभागी रहेको थियो । उक्त कार्यक्रममा धर्मराज भगत मालीको अध्यक्षमा निम्न समिति बरिस्ठ उपाध्यक्ष गोपि चन्द भगत माली, उपाध्यक्ष कृष्ण भगत माली, सचिव बिजय कुमार माली, सहसचिव सुनिता देवि, कोषाध्यक्ष माला देवि, सदस्य अंजली देवि,राजपती देवी,रामबाबु भगत माली,राजेश भगत माली, जगदेव भगत माली, रामाकान्त भगत माली र रामबाबु भगत माली १३ सदस्यीय सहित ४ सल्लाहकार बारा जिल्ला समिति गठन गरियो।
भने कार्यक्रम संचालन सुभाष भगत मालीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर