
श्री मिथिला सेवा समाज नेपलगन्ज द्धारा भेटघाट तथा २०२५ को शुभकामना कार्यक्रम
१७ पुष , राहुल भण्डारी, नेपालगन्ज ।
यहि मिति १७ पुष श्री मिथिला सेवा समाज नेपलगन्जको अध्यक्ष् श्री रामलोचन साह ज्युको अध्यक्ष्तामा मिथिला सेवा समाजको भेटघाट तथा २०२५ को शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको केन्द्र बिन्दु प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री, प्रतिनिधि सभा सदस्य तथा ज.स.पा. नेपालको राष्टिय अध्यक्ष् मा. श्री उपेन्द्र यादव ज्यु, बरिष्ठ अतिथि नरैनापुर गाउपलिकाको प्रमुख श्री ईस्तियाक अहमद शाह ज्यु, विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उप प्रमुख श्री कमरुदिन राईन ज्यु, समाजको सल्लाहकार, बुद्धिजीवी, समाजसेवि श्री बलराम यादव, श्री रामचन्द्र पण्डित, श्री अनन्त कर्ण ज्यु लगाएत बिभिन्न संघ संस्था तथा तह, वहादको पेशागत कर्मचारी ज्युको सहभागी रहेका छन् ।
अन्तर्राष्ट्रिय नया बर्ष २०२५ साल तथा नेपालको राष्टियता झल्किने राष्ट्रिय पोशाक धोति तथा टोपी दिबसको शुभकामान आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छन् ।