माता बागेश्वरी मन्दिर परिसरको सरसफाई नेपालगञ्जका ब्यापारीहरुद्वारा

२३ भाद्र, आईतवार, राहुल भण्डारी, नेपालगन्ज । नेपालगन्जका धार्मिक तथा पौराणिक शक्ति पीठ बागेश्वरी भगवती मन्दिरमा भक्तजनहरुले फालेको फोहरका कारण दुगन्धित बनेको मन्दिर परिषरमा स्थानीय ब्यापारीहरुले सरसफाई गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा मन्दिर परिसरमा ब्यापारीहरुले सरसफाई गरेका हुन् ।

दिनहुँ भक्तजनहरुको घुँइचो लाग्ने बागेश्वरी मन्दिरमा फोहर थुप्रियर दुर्गन्धित बनेपछि संघले सरसफाईका लागि आब्हान गरेको हो । मन्दिरको आन्तरिक प्रशासनले मन्दिरको वरिपरि मात्र सरसफाई गरेपनि बागेश्वरीको उद्यान ( बागेश्वरी पार्क), जिर्णोद्वार हुँदै गरेको जुङ्गे महादेव परिसर तथा मन्दिर बाहिरको परिसरमा फोहर थुप्रिने गरेको छ ।

ब्यवसायीहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको संघका अध्यक्ष टंक धामीले बताए । सरसफाईमा संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अध्यक्ष धामी, बरिष्ठ उपाध्यक्ष चिरन्जिबी ओली, महासचिव भीम रानाभाट, सदस्य युवराज ढकाललगायत बिहानै बागेश्वरी सरसफाईमा पुगेर सरसफाईमा जुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर