पश्चिम नेपालको नेपालगन्जमा मिथिला सेवा समाज द्वारा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन पर्व मनाईयो ।
भदौ २२ गते, राहुल भण्डारी, बाँके ।
भदौँ शुक्लपक्ष चतुर्थीका दिन मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले विशेष महत्वका साथ चौरचन पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन पर्व एकै दिन मनाइनायो । साँझ चन्द्रमाको पूजा हुने सो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रुपमा राखेर चन्द्रमालाई पूजा गरी हातमा फल एवं पूजा सामग्री लिइ दर्शन गर्छ ।
पश्चिम नेपालको नेपालगन्जमा गठिक मिथिला सेवा समाज नेपालगन्जमा.सहभागी सदस्यहरु पनि मिथिलामा मनाइने सम्पूर्ण चाड वाडहरु पनि भव्यताका साथ मनाउदै आईरहेका छन् । यस बर्ष समाजको अध्यक्ष् श्रदय श्री रामलोचन साह ज्युको घरमा त्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन पर्व मनाईयो ।