६ चैत, रंग र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँरसहर होलीको गीत ( जोगिरा ) ले गुञ्जायमान हुन थालेको छ ।
नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा अहिले साँझ पर्ने बित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिरा ९होली गीत०को धुन सुनिन थालेको छ ।
आपसी भाइचारा, प्रेम सद्भाव, सुख दुःख साटासाट गर्न र पुस्तौंदेखि चल्दै आइरहेको होलीगीत (जोगिरा) को संरक्षण र प्रवर्धन लागि अहिले दैनिकरुपमा जम्मा हुने गरेका छन् ।
तराई तथा मधेशको गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थाल्छन् । होलैयाहरु (जोगिरा गित )गाउने एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोलटोलमा आ आफ्ना घरआँगनमा बसिरहेका जोकोही पनि प्रसन्न एवम् खुसी हुने गर्दछन् ।
होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्याली लगायतका बाजा लिएर विभिन्न धुन र सङ्गीतको सृजना गर्दै सुरु गरेका जोगिरा राति ११ र १२ बजेसम्म निरन्तररुपमा चलिरहन्छ ।
विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा बाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ भने जोगिराका क्रममा हुने नाच र गान समेतमा ठूलो संख्यामा सहभागी हुने गरेको होलैया (जोगिरा गित) गाउने गर्छन ।
होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आआफ्नो गाउँ फर्किएको हुन्छन् ।
जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाउछन। मिथिला क्षेत्रसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदै युवा, वयस्क तथा वृद्धसमेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय छन ।
अहिले कतिबेला साँझ पर्ने र कतिबेला होलैया आएर जोगिरा सुरु गर्ने प्रतिक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धासमेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुने बित्तिकै प्रत्येक घरघरबाट निस्केर सबैजना होली गीत सुन्नका लागि चोकसम्म पुग्ने गर्दछन् ।
देश, विदेशमा बस्दै आएका सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा निकै धुमधामका साथ गाइने तथा सुन्ने गर्छ। परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र जोगिरा गाउनका लागि कुनै पनि उमेर समूहले बाधा नपारेको छ ।
एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर–सत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको छ ।
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, ।’
मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, ।’
‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे’
‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली ।
हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘रङ्ग बरसे भिगे चुनरबाली रंग बरसे, हो रङ्गबरसे भिगे चुनरवाली रंगबरसे’
‘सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया ।
सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया ।’
सीया झारु नम्बी केश, सीया हो, हो, हो । सीया झारु नम्बी केश,
सीया हो, हो, हो सीया झारु नम्बी केश । राम लैहे सोनेके ककहिया ।’
कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको मिथलिा केही दिनदेखि रातिको समय होलैयाको भीडले मेलाजस्तै लाग्ने तथा उनीहरुले गाउने होलीगीत )जोगिरा) ले गाउँ नै गुञ्जायमान हुनेगरेको छ ।
‘फागुन आयो, होली ल्यायो’
‘मारो भरभर कर पिचकारी ‘
‘होली आयो, मस्ती छायो’
‘मारो भरभर कर पिचकारी’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘कई हातका धोती पहना, कई हात लपेटा’
‘कई घाटका पानी पिया, कई बापका बेटा’
‘जोगिरा सररर, जोगिरा सररर ।’
जस्ता सयौँ गीत, चुट्किला, हाँसो ठट्ठा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको होलीलाई आगमनको प्रतीक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा सुरु भइसकेको छ ।