रुपनी, २३ फागुन ।
मलेठ घटनाका सहिदहरुको स्मृतिमा राजविराज ९ स्थित सहिद पार्कमा बुधबार श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । लोसपाका स्थानीय युवा नेता रामचन्द्र यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष एवम् लोसपा केन्द्रिय सदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा मलेठ घटनाका सहिदहरुको सातौ बर्षको पुण्यतिथिको अवसारमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।
उक्त अवसरमा सहिदहरुको तस्बिरमा माल्यर्पण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो भने सहिद परिवारलाई ब्ल्याङ्केट समेत वितरण गरिएको छन ।
कार्यक्रममा जिल्ला समन्वय समिती सप्तरीका उप- प्रमुख शम्भु प्रसाद यादव,लोसपा नेपालको केन्द्रिय सदस्य दीपेन्द्र चौधरी, केन्द्रिय सदस्य एवम् राजविराज नगरपालिकाका पुर्व नगर प्रमुख शम्भु प्रसाद यादव, राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीका अध्यक्ष हरेराम यादव, साविक मलेठ गाबिसका पुर्व अध्यक्ष सिताराम यादव,बिजय यादव,रामचन्द्र यादव,छोटेलाल यादव लगायतले मन्तव्य व्यक्त गर्दै सहिदको सपना अझै साकार भइ नसकेको बताए ।
उक्त अबसरमा सहिद पिताम्बर मण्डलका श्रीमति सोमनी देवि मण्डल,सहिद सन्जन मेहताका वुवा लक्ष्मण मेहता,सहिद बिरेन्द्र महतोका श्रीमति रन्जना देवि महतोलाई उनीहरुको घरमै पुगेर रुपनी गाउँपालिका अध्यक्ष यादव र जिल्ला समन्वय समितिका उपप्रमुख शम्भु यादवलगायतले ब्ल्याङ्केट वितरण गरे ।
श्रद्धाञ्जली अर्पण गर्दै जसपा सप्तरीका केदार प्रसाद यादव सहित नेतागण सहभागी थिए ।
यसैगरी जनता समाजवादी पार्टी नेपाल सप्तरीले समेत सहिदहरुको स्मृतिमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेका छन् । जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा जसपा नेपाल केन्द्र, प्रदेश तथा स्थानीय तहका नेता कार्यकर्ताले सहिद पार्कमा मैनबति बालेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।